Nic Ad Nic Ad
Nic Ad Nic Ad

बस्ती हटाउन पुगेका डोजरलाई बालेनले फर्काए

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –काठमाडौंको तीनकुनेको गैरीगाउँ, जहाँ बागमती नदी किनारमा अव्यवस्थित सुकुम्बासी बस्ती छ । काठमाडौं महानगरपालिकाले ती बस्ती हटाउन लागेको सूचना थाहा पाएपछि त्यहाँका बासिन्दाले विरोधमा उत्रे, टायर बालेर प्रदर्शन गरे ।

महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेके ।

बाटो छेके पनि बस्ती हटाउन महानगरपालिकाको प्रहरी टोलीसहित डोजर पुग्यो तर अगाडि बढ्न सकेन । 

त्यस क्रममा सुकुम्बासीहरू आन्दोलित हुँदा प्रहरीसँग झडप पनि भयो ।  संघीय सरकारको मातहत रहेको प्रहरीसँग झडप हुँदा महानगरको प्रहरी मौन रहे । महानगरले बस्ती हटाउन जाँदा संघीय सरकारसँग समन्वय नहुँदा त्यहाँ तनावको अवस्था पैदा भयो । संघीय प्रहरीलाई कुनै जानकारी नै नदिई महानगर त्यहाँ पुग्दा शान्ति सुरक्षा खलबलिने अवस्था आएको थियो । 

स्थिति थप तनावग्रस्त हुन नदिन आफूहरू त्यहाँ पुगको एक प्रहरीले बताए । उनका अनुसार बस्ती हटाउन महानगर जाँदैछ भन्ने पूर्वजानकारी प्रहरीलाई थिएन ।

महानगरको टोली बस्ती हटाउन नसकेपछि प्रमुख बालेन शाह आफै घटनास्थल पुगेका थिए । त्यहाँ उनले आगामी दिनमा संघीय प्रहरीसँग थप समन्वय गरेर बस्ती हटाउने भने पछि महानगरको डोजर फर्किएको छ ।

महानगरले दुई साताअघि नै अवैध बस्ती खाली गराउन सूचना निकालेको थियो।  तर त्यो सूचनाअनुसार हट्न नमानेपछि महानगरले हस्तक्षेप गर्ने तयारी गरेको थियो ।

यसअघि थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा झडप भएको थियो ।  

41680869603.jpg


 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्