सर्वसाधारणले पनि विधेयकमा सुझाव राख्न सक्ने
काठमाडौं –संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरूमा आमसर्वसाधारण जनताले पनि सुझाव दिन पाउने भएका छन् ।
सर्वसाधारणहरूले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको वेवसाइट parliament.gov.np/np मा गएर दिन पाउने भएका हुन् ।
हाल प्रतिनिधिसभामा वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक दर्ता अवस्थामा छ ।
यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिंङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ पनि दर्ता छन् ।
यी विधेयकहरूमा सांसदहरूले संशोधन प्रस्ताव राखिसकेका छन् । सर्वासधारणले सुझाव राख्न चाहे सात दिनभित्र राख्नसक्ने गरी संसद् सचिवालयले समय छुट्याएको छ ।