Nic Ad Nic Ad
Nic Ad Nic Ad

तीन महिनामा अन्नपूर्ण पदमार्गको मनाङमा साढे दुई हजार बिदेशी पर्यटक भित्रिए

शुक्रबार, चैत २४, २०७९


काठमाण्डौं - चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकहरूको आगमन वृद्धि हुन थालेको छ । पदमार्गमा सन् २०२३ को जनवरीदेखि हालसम्म  तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक पदमार्गमा आएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार अहिले दैनिक ४०र५० जना पर्यटक पदमार्गमा आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेबु्रअरीदेखि अप्रिलसम्म पदयात्राको राम्रो समयका रूपमा लिइन्छ ।

अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत, अमेरिकी पर्यटक आउने गर्छन् । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्