गिरिजाप्रसाद कोइराला स्मृति पुरुष हक्की : पुलिस र सुदूरपश्चिम विजयी
विराटनगर–गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।
विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१ गोल अन्तरमा पराजित ग¥यो । सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरे । कोसीका बिसु घिमिरेले एक गोल फर्काए । म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।
त्यस्तै, अर्को खेलमा विभागीय टोली नेपाल पुलिसले कर्णाली प्रदेशलाई ७–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । पुलिसका रोहित लामाले २, सागर आचार्य, श्रवण कुमार, महेश धामी, भरत खत्री र सुनिल रानाले समान १–१ गोल गरे । म्यान अफ द म्याच पुलिसका भरत खत्री भए ।
प्रतियोगिता संयोजक रञ्जन थापाका अनुसार नेपालमा पहिलो पटक शुक्रबार बेलुका रात्रीकालीन हक्कीको खेल हुन लागेको छ । लिग चरणको खेलअन्तर्गत समूह ए तर्फ त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच रात्रीकालीन खेल हुनेछ ।
संयोजक थापाले नेपालमा पहिलो पटक हक्कीलाई पनि फ्लडलाइट्समा खेलाउन लागिएको हो । पहिलो खेल सहज रुपमा हुने अपेक्षा राखेको र सोही खेलका आधारमा आगामी खेल पनि रात्रीकालीन गर्न सकिने छ ।
समूह ‘ए’ तर्फ आर्मी र पुलिसको समान ६ अंक, समूह ‘बि’ तर्फ सुदूरपश्चिमको ३ अंक तथा मधेस र कोसीको १–१ अंक रहेको छ ।
शनिबार लिग चरणको समिकरण पूरा हुनेछ । पहिलो खेल सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश, दोस्रो खेल कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच हुनेछ ।