Nic Ad Nic Ad
Nic Ad Nic Ad

अघिल्लो वर्ष भारतमा करिब ६२ लाख विदेशी पर्यटक आए

शनिबार, चैत २५, २०७९

नयाँ दिल्ली– भारतमा ६१ लाख ९० हजार विदेशी पर्यटक भित्रिएको पर्यटन मन्त्रालयले शुक्रबार जनाएको छ ।

कोभिडजन्य प्रतिबन्धका कारण सन् २०२१ मा १५ लाख २० हजार विदेशी पर्यटक मात्र भारत आएका थिए ।

अध्यागमन विभागको तथ्याङ्कलाई उद्धृत गर्दै पर्यटन मन्त्रालयले कोभिड–१९ महामारीपछि यो पुनः उत्थानको सङ्केत भएको जनाएको छ । 

कोभिडजन्य परिस्थितिका कारण पर्यटनमा समस्या आउनु पहिले सन् २०१९ मा एक करोड नौ लाख ३० हजार विदेशी पर्यटक भारत आएका विभागले जानकारी गराएको छ । 

विदेशी पर्यटकको आगमन बढाउन पर्यटन प्रवद्र्धनका लागि सङ्घीय सरकारले पहल गरिरहेको, पर्यटकका लागि अनुभवलाई राम्रो बनाउन पर्यटनसम्बन्धी पूर्वाधार विकासका लागि स्थानीय तहलाई आर्थिक सहयोग समेत उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आन्तरिक तथा बाह्य पर्यटकका लागि चौबिसै घण्टा बहुभाषिक पर्यटक सूचना हेल्पलाइन स्थापना गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०५:५०
प्रतिक्रिया दिनुहोस्