Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा बलुच नेसनल आर्मीका संस्थापक पक्राउ

शनिबार, चैत २५, २०७९

इस्लामावाद– पाकिस्तानी गुप्तचर निकायले विद्रोही सङ्गठनका एकजना नेतालाई पक्राउ गरेको बताएको छ ।

पाकिस्तानी सेनाको गुप्तचर इकाइबाट खटिएको एक टोलीले बलुच नेसनल आर्मी (बिएनए)का संस्थापक नेतालाई पक्राउ गरिएको शुक्रबार जनाएको हो । 

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्मिसेस पब्लिक रिलेसनस (आइएसपिआर)का अनुसार सेनाको गुप्तचर निकायले देशको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आतङ्कवादी गतिविधिमा संलग्न गुलजार इमाम उर्फ शम्बेलाई बिहीबार पक्राउ गरिएको हो ।  

बिएनएले सुरक्षा निकायलाई लक्ष्यित गरेर बारम्बार घातक आक्रमण गर्दै आएको छ । शम्बेको गिरफ्तारीबाट बलुचिस्तानमा आतङ्कवादी गतिविधि नियन्त्रणमा योगदान पुग्ने विश्वास आइएसपीआरले व्यक्त गरेको छ । 

शम्बेको गिरफ्तारी पाकिस्तानी जनता र सेनाको आतङ्कवादलाई परास्त गर्ने प्रतिबद्धताको एक अभिन्न अङ्ग भएको उल्लेख गर्दै आइएसपिआरले जारी गरेको विज्ञप्तिमा देशमा शान्ति, सुव्यवस्था कायम गर्न पाकिस्तानको राष्ट्रिय सेना दृढ रहेको उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्