नेभिगेशन
समाचार

मेयर बालेनको घोषणा : आजदेखि सिंहदरबारको फोहोर उठ्दैन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह बालेनले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आज यस्तो घोषणा गरेका हुन् ।

स्थानीय नेताहरूले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटक–पटक अवरोध गरेको भन्दै मेयर बालेनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने बताएका हुन् ।

उनले देश सफा गर्न परे नेताहरूलाई सिसडोलमा डप्प गर्नुपर्ने भन्दै आक्रोशसमेत पोखेका छन् ।

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ उनले फेसबुकमा लेखेका छन् । 

दबिभल1680923620.JPG


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार