Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेयर बालेनको अर्को आक्रोश– भारत र चीनले बनाएको सरकारलाई कुनै इज्जत गर्दिनँ

शनिबार, चैत २५, २०७९

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बोलेन्द्र शाह बालेन सरकारले सहयोग नगरेकोमा आक्रोशित बनेका छन् । 

आक्रोशित हुँदै उनले आज बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । फेरि उनले झनै कडा अभिव्यक्ति दिएका छन् ।

मेयर बालेनले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् । उनले वैदेशिक हस्तक्षेपका कारण नेपाल स्वाधिन बन्न नसकेको सुनासोसमेत गरेका छन् । 

‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिनँ म’, उनले प्रश्न गरेका छन्, 'नेपाल स्वाधिन कहिले हुने ?’

साथै, मेयर बालेनले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् ।

काठमाडौँ महानगरले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सुकुम्बासीको अवरोधका कारण त्यो सफल हुन सकेन सरकारले असहयोग गरेकाले आफ्ना योजना असफल भमइरहेको मेयर शाहको बुझाइ देखिन्छ ।

फेरि फोहोर फाल्ने ठाउँ सिसडोलमा पनि अवरोध हुन थालेपछि उनी झनै हतोत्साहित देखिएका छन् । मेयर बालेका अभिव्यक्तिप्रति अधिकांश सर्वसाधरण समर्थन रहेको पाइएको छ । 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १०:०६
प्रतिक्रिया दिनुहोस्