नेभिगेशन
समाचार

उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला पुगेका खड्काले विमानस्थलमै माटोलाई ढोगे

काठमाडौँ– उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृहजिल्लामा पाइला टेकेका पूर्णबहादुर खड्काले त्यहाँको माटोलाई ढोगेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री खड्का आफ्नो पदभार सम्हालेपछि पहिलोपटक गृहजिल्ला सुर्खेत पुगेका हुन् । उनले सुर्खेत विमानस्थलमा जहाजबाट ओलर्नेबित्तिकै त्यहाँको माटोलाई ढोगेका छन् ।

गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गएका खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको ठूलो धुइँचो थियो । 

khadka p1680933905.jpg

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री खड्काले कर्णाली प्रदेश र सुर्खेत जिल्लाका जनताको शीर निहुरिने गरी कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि यहाँका जनताबाट हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्यो भन्ने जस प्राप्त गर्न सकुँ,’ उनले भने ।

khadka1680933918.jpg

त्यहीँ ताकत र आशीर्वाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि त्यहाँको धर्ती ढोगेको उनले प्रष्ट पारे ।

खड्काले यसअघि गृहलगायत केही मन्त्रालय सम्हालेका थिए । यद्यपि, उनी पहिलोपल्ट उपप्रधानमन्त्रीमा बढुवा भएका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार