Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल टेलिकमको सीममा हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चल्ने

शनिबार, चैत २५, २०७९

काठमााडौं–नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरुले अब हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् ।

नेपाल टेलिकम र हिमालयन बैंकबीचको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

यसका लागि केही दिनअघि चैत २० गते नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौतामा हस्ताक्षर गर्दै नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्दै आएको बताइन् । अब, हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने उनको भनाइ छ ।

यस्तै, हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले ग्राहकहरुलाई सुविधाहरु दिने कार्यमा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्