Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसेलकोे दरबारमार्ग सडक महोत्सव २ वैशाखमा

शनिबार, चैत २५, २०७९

काठमाडौं– नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे ः १६ औं दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान)ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव आयोजना हुन लागेको बताइएको छ । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउन र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको बताइएको छ ।

काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ । साथै, काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको औपचारिक आरम्भ शनिबार बिहान ११ः३० बजे हुनेछ । गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधि हुने आयोजकले जनाएको छ । यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म चल्नेछ ।

महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समूहहरूको प्रस्तुति हुनेछन् । कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्ती मुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् आदिले आ–आफ्ना प्रस्तुति राख्नेछन् ।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरूका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् । 

विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विषेश प्रदर्शन÷प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरू हुने आयोजकले बताएको छ । 

यसैगरी, महोत्सवमा भिडिओ गेमका पारखीहरूका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडीज् आइसक्रिम र केएफसी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १३:३३
प्रतिक्रिया दिनुहोस्