Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतकी राष्ट्रपति मुर्मूले चढिन् लडाकु विमान

शनिबार, चैत २५, २०७९

गुवाहाटी– राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार आसामको तेजपुर एयरफोर्स स्टेसनमा सुखोई  ३०– एमकेआई लडाकु विमानमा उडान गरेकी छिन् । सो विमानमा चढ्नुअघि राष्ट्रपतिलाई स्टेशनमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति मुर्मूअप्रिल ५ देखि ८ सम्म आसामको तीन दिने राजकीय भ्रमणमा छिन् । 

शुक्रबार राष्ट्रपति मुर्मू गुवाहाटीमा गुवाहाटी उच्च अदालत स्थापनाको  ७५ वर्ष पूरा भएको अवसरमा आयोजित समारोहमा सहभागी भएकी हुन् । सो अवसरमा उनले महिला तथा वृद्धवृद्धाको सुरक्षाका लागि बनाइएको मोबाइल एप ‘भोरोक्सा’को शुभारम्भ गरेकी थिइन् ।

सभालाई सम्बोधन गर्दै राष्ट्रपतिले भारतको न्यायिक परिदृश्यमा गौहाटी उच्च अदालतको एक अद्वितीय स्थान रहेको बताइन् । सो अदालतको सन् १९४८ मा स्थापना भएको हो । भ्रमणको दोस्रो दिन राष्ट्रपतिले आसामको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा गज उत्सव २०२३ को उद्घाटन गरेकी थिइन् । 

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रकृति र मानवताबीचको पवित्र सम्बन्ध रहेको बताइन् ।

‘प्रकृतिलाई सम्मान गर्ने संस्कृति हाम्रो देशको पहिचान  हो। भारतमा प्रकृति र संस्कृति एकअर्कासँग जोडिएका छन् र एकअर्काबाट परिपोषित छन् । हाम्रो परम्परामा हात्तीलाई सबैभन्दा बढी सम्मान गरिएको छ। यसलाई  समृद्धिको प्रतीक मानिएको छ । यो भारतको राष्ट्रिय सम्पदामा सम्मानित र संरक्षित पशु हो,’ उनले भनिन् । 

राष्ट्रपति मुर्मू राज्यको तीन दिने भ्रमणका लागि बिहीबार बिहान असमको गोलाघाट जिल्ला आइपुगकी हुन् ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्मा र राज्यका गभर्नर गुलाब चन्द कटारियाले बिहीबार गोलाघाटको बोकाखाटको जनरल फिल्ड हेलिप्याडमा राष्ट्रपति मुर्मूलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्