Nic Ad Nic Ad
Nic Ad Nic Ad

समाज डेन्टल हस्पिटलको ९ औं शाखा जोरपाटीमा

शनिबार, चैत २५, २०७९

काठमाडौं–समाज डेन्टल हस्पिटलको ९ औं शाखा जोरपाटीमा खुलेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको  ९ औं शाखा शनिबारदेखि जोरपाटी बौद्धमा आफ्नो सेवा सुरु गरेको हो । 

शनिबार गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले सेवाको उद्घाटन गरे । उद्घाटनका अवसरमा सबै सेवाहरूमा ५० प्रतिशत छुट र चैत्र महिना र बैशाख महिना भरि १५ प्रतिशत छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सविन घिमिलेले जानकारी दिए ।

सेवा शुभारम्म गर्दै हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्तसेवा पाउने बताए ।

समाज डेण्टल हस्पिटलले विगत २३ वर्ष देखि दाँत तथा मुखसम्बन्धी सेवा दिइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्