Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ उद्योग वाणिज्य महासंघको निर्वाचन कार्यतालिका

आइतबार, चैत २६, २०७९

काठमाडौं –चैत २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनकोलागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ ।

प्रकाशित कार्यतालिका अनुसार चैत २९ गते विहान ८ बजेदेखि वेलुका ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ तर निर्धारित समयमा मतदान नसकिएमा समय थप गर्न सकिनेछ । त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित हुन कुल खसेको ५१ प्रतिशत मत अनिर्वाय हुने भएको कारण कुनैपनि उम्मेदवारले सो मत ल्याउन नसकेमा चैत ३० मा पुनः मतदान हुनेछ ।

मतदाताले मतदान स्थलमा मोबाइल, प्रज्वननशील पदार्थ, हातहतियार बन्देज गरिएको छ ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार आगामी चैत ३० बाट चन्द्र ढकाल स्वतःअध्यक्ष हुनेछन् भने वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ भिड्दैछन् ।

प्रत्यक्ष रुपमा कुनै पनि उम्मेदवार राजनीतिक दलसँग आवद्ध नभए पनि अप्रत्यक्ष रुपमा उमेशलाललाई नेकपा एमाले, संघईलाई नेपाली कांग्रेसको एक पक्ष र अञ्जनलाई नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा अन्य साना दलहरुको समर्थन रहेको हुदाँ यसपटकको महासंघको निर्वाचन थप रोचक हुने अनुमान गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्