Nic Ad Nic Ad
Nic Ad Nic Ad

दुई करोड मागेको ‘फोन टेप’ बाहिरिएपछि रास्वपा सांसद श्रेष्ठ निलम्बित

आइतबार, चैत २६, २०७९

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसंग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उनलाई निलम्बन गरिएको बताए । उनले भने हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं ।कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’ 

श्रेष्ठ समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १४:२८
प्रतिक्रिया दिनुहोस्