‘ट्याटू कन्भेन्सन’मा ट्याटू खोपाउँदा... [तस्बिरहरु]
ललितपुर– ललितपुरको सानेपास्थित ‘द हेरिटेज गार्डेन’मा गत शुक्रबारदेखि सुरू भएको १० औं अन्तर्राष्ट्रिय नेपाल ट्याटू कन्भेन्सन–२०२३को आज अन्तिम दिन ट्याटू खोपाउन कन्भेन्सनमा मानिसहरू अझै आइरहेका छन् ।
द नेपाल ट्याटू प्रालिको आयोजनामा भइरहेको ३ दिने ट्याटू कन्भेन्सनमा करिब ९७ वटा स्टलहरू राखिएका छन् । अमेरिका, जर्मन, थाईल्याण्ड, स्पेन, भारतसहित विभिन्न देशबाट १४० भन्दा बढी ट्याटू आर्टिस्टहरूले सहभागिता जनाएका छन् । साथै, नेपाली ट्याटू आर्टिस्टहरुले समेत सहभागि भएको आयोजक द नेपाल ट्याटू प्रालिले बताएको छ ।
ट्याटू खोपाउन कन्भेन्सनमा मानिसहरू अझै आइरहेका छन् । यसअघि सन् २०१९ को अप्रिलमा नवौं ट्याटू कन्भेन्सन भएको थियो । कोरोना महामारीका कारण प्रभावित भएको कन्भेन्सन लामो समयपछि पुनः १० औं कन्भेन्सन आयोजना गरिएको हो।
प्रकाशित मिति: आइतबार, चैत २६, २०७९ १८:३१
प्रतिक्रिया दिनुहोस्