Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ वर्षमा ‘टारो’ बाइक र स्कुटर खरिदमा अफर ! कति पर्छ मूल्य ?

आइतबार, चैत २६, २०७९

काठमाडौँ– ओम मोटोकर्प प्रा.लि.मार्फत नेपालमा विक्रि वितरण हुँदै आएको इटालियन ब्राण्ड टारोले नयाँ वर्षलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । 

कम्पनीले आजदेखि लागु हुनेगरी ‘टारोसँग अब माउण्टेन फ्लाइट्स, हरेक टारो वाइक र स्कुटर खरिद गरेर यस वर्ष राइड एण्ड फ्लाइ’ अफर ल्याएको हो ।

कम्पनीले नयाँ वर्षको अवसरमा नयाँ अफर घोषण गर्दै आफ्ना हरेक बाइक तथा स्कुटर खरीदमा माउण्टेन फ्लाइट्सको सुविधा दिने बताएको छ । त्यस्तै, बाइक खरीदमा आफ्ना ग्राहकले कम्पनीको तर्फबाट पूर्ण बीमा र हेल्मेट पाउनेछन् भने स्कुटर खरीदमा तेस्रो पक्ष बीमा र हेल्मेट पाउने कम्पनीले जनाएको छ ।

हाल कम्पनीले नेपाली बजारमा टारो ब्राण्डका २५० र ४०० सीसीको जिपी–१ र २०० सीसीको जिपी–२ गरी तीन मोडलका बाइक विक्रि वितरण गर्दै आएको छ । त्यस्तै, स्कुटरमा १५० सीसीको इमोला र एलेक्स टी–९ इएफआई गरी दुई मोडल विक्रि वितरण गर्दै आएको छ । 

कम्पनिले २५० सीसीको जिपी–१ बाइकको मूल्य ६ लाख ७०  हजार रुपैयाँ तोकेको छ भने ४०० सीसीको जिपी–१ को मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै, २०० सीसीको जिपी–२ मोडलको बाइकको मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकेको छ । 

त्यसैगरी कम्पनिले १५० सीसीको इमोलाको मूल्य ३ लाख ५५ हजार रुपैयाँ तोकेको छ भने एलेक्स टी–९ इएफआईको मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीले बाइक र स्कुटर काठमाडौँ उपत्यकाभित्र नक्साल, टेकु, धोबिघाटको शोरुममा पाइने छन् । त्यस्तै, उपत्यका बाहिर हेटौंडा, इटहरी र पोखराबाट विक्रि वितरण हुने कम्पनीले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्