नेभिगेशन
विश्व

गोप्य कागजात चुहावटबारे अमेरिकी न्याय मन्त्रालयद्वारा अनुसन्धान  सुरु

वासिङ्टन– अमेरिकी न्याय मन्त्रालयले शनिबार युक्रेनसँग सम्बन्धित अमेरिकी कागजातहरू लिक भएकोबारे अनुसन्धान सुरु गरेको छ । चुहावट भएका कागजातहरूमा गोप्य खुफिया रिपोर्टहरू समेत रहेका छन् ।  त्यसैगरी ती कागजातहरूमा युक्रेन(रुस युद्ध लगायत अत्यन्त संवेदनशील विश्लेषणहरू पनि रहेको बताइएको छ । 

मन्त्रालयका प्रवक्ताले एएफपीलाई बताएका छन्, ‘हामी यस विषयमा रक्षा मन्त्रालयसँग सम्पर्कमा छौं र अनुसन्धान सुरु गरेका छौं।’

दर्जनौं लिक कागजातहरू र स्लाइडहरूको स्थिर ड्रिपले हालैका दिनहरूमा ट्विटर, टेलिग्राम, डिस्कोर्ड र अन्य सामाजिक सञ्जालमा सार्वजनिक गरिएको पाइएको छ । 

पेन्टागनले शुक्रबार सक्रिय रूपमा यस मामिलाको समीक्षा गरिरहेको बताएको छ । 

अमेरिकी अधिकारीहरूले वासिङ्टन पोस्टलाई बताएअनुसार केही कागजातहरू हेरफेर गरिएको देखिन्छ तर धेरै सिआइए विश्व खुफिया समीक्षा रिपोर्टहरूसँग मेल खान्छ जुन ह्वाइट हाउस, पेन्टागन र विदेश मन्त्रालय संयन्त्रमा छलफल गरिएको छ । 

रक्षा विश्लेषकहरू गोप्य कागजातहरूको चुहावट अत्यन्त संवेदनशील हुने र मस्कोका लागि मूल्यवान साबित हुने पनि अनुमान गरिएको छ ।  

अन्य कागजातहरूमा अमेरिकी सहयोगीहरूको सरकारहरू भित्रको आन्तरिक गोप्प जानकारी रहेको बताइएको  छ ।

न्युयोर्क टाइम्सका अनुसार कागजातहरू मध्ये युक्रेनमा प्रयोगको लागि संयुक्त राज्य अमेरिकाका तोपखाना गोलाहरू उपलब्ध गराउने कि नगर्ने भन्ने साथै दक्षिण कोरियाको बहसका बारेमा छलफल पनि सामवेश छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन