Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोस्रो जित निकाल्ने क्रममा कोलकाताले गुजरातलाई घरेलु मैदानमै हरायो

रिंकुले खेले सनसनीपूर्ण पारी
सोमबार, चैत २७, २०७९

काठमाडौँ– जारी इन्डियन प्रिमियर लिग (आइपिएल) आफ्नो दोस्रो जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई उसको घरेलु मैदानमै हराएको छ ।

तेस्रो खेलमा दोस्रो जित हात पार्ने क्रममा कोलकाताले गएरातिट गुजरातलाई ३ विकेटले पराजित गरेको हो ।

नरेन्द्र मोदी रंगशाला अहमदाबादमा गुजरातले दिएको २०५ रनको लक्ष्य कोलकत्ताले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अन्तिम ओभरमा रिंकु सिंहले लगातार ५ छक्का प्रहार गरेपछि कोलकाताले सनसनीपूर्ण जित निकालेको हो । 

कोलकाताका लागि वेंकटेस अय्यरले ८३ रनको अर्धशतकीय पारी खेले ईनिङ खेले ।

अविश्वनीय पारी खेलेका रिंकुले २१ बलमा १ चौका र ६ छक्काको सहयोगमा अविजित ४८ रन बनाए ।

यस्तै, कप्तान नितिश राणाले ४५ रन जोडे ।

यसैगरी, अहमुल्लाह गुर्बाजले १५, नारायण जगदीशनले ६, उमेश यादवले अविजित ५ र आन्द्रे रसेलले १ रन बनाएपछि कोलकाताले लक्ष्य भेट्टायो ।  

गुजरातका लागि कप्तान राशिद खानले ह्याट्रिकसहित ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनायो । 

गुजरातका विजय शंकर र साई सुदर्शनले अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त भएन ।  विजयले ६३ र साईले ५३ रन बनाए ।

कोलकाताका लागि सुनिल नारायणले ३ तथा सुयश शर्माले १ विकेट लिएा थिए ।

तेस्रो खेलमा दोस्रो जित निकालेको कोलकत्ता ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । 

समान खेलमा समान जित हात पारेको गुजरात ४ अंकका साथ चौथो स्थानमा रहेको छ । अंक समान भए पनि उ कोलकाता लखनायऊ सुपर जायन्टभन्दा नेट रनरेटमा पछि छ । 


 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्