Nic Ad Nic Ad
Nic Ad Nic Ad

हैदराबादले पहिलो जित निकाल्दा पञ्जाबको पहिलो हार

सोमबार, चैत २७, २०७९

काठमाडौँ– सनराइजर्स हैदराबादले जारुी इन्डियन प्रिमियर लिग (आइपिएल)मा पहिलो जित निकाल्दा पञ्जाब किंग्सले भने पहिलो हार ब्यहोरेको छ । 

हैदराबादले आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा गएराति पञ्जाबलाई ८ विकेटको विशाल अन्तरले हराएको हो । 

पञ्जाबले दिएको १४४ रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्यो । 

हैदराबादको जितमा राहुल त्रिपाठीले अर्थशतकीय जारी खेले । उनले ४८ बलमा १० चौका र ३ छक्कासहित ७४ रन बनाए ।

यस्तै, कप्तान एइडेन माक्ररमले अविजित ३७ रन बनाए 

ओपनरद्वय मायांक अग्रवालले २१ तथा ह्यारी ब्रुकले १३ रन जोडे ।

पञ्जाबका अर्शदीप सिंह र राहुल चहरले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । 

पञ्जाबका कप्तान शिखर धवन शतक बनाउनबाट १ रनले चुके । उनले ६६ बलमा १२ चौका र ५ छक्कासहित अविजित ९९ रन बनाउँदै अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि पर्याप्त भएन ।

हैदराबादका मायांक मारकन्डेले ४ तथा उमरान मलिक, मार्को जनसनले समान २-२ विकेट लिए । भुवनेश्वर कुमारको नाममा १ विकेट रह्यो ।

तेस्रो खेलमा पहिलो जित हात पारेको हैदराबाद २ अंकका साथ लिगको आठौँ स्थानमा रहेको छ ।

हारका बाबजुद पञ्जाब भने तीन खेलमा दुई जित र एक हारका साथ ४ अंकमा रहेर छैटौँ स्थानमा छ । जारी लिगमा पञ्जाबको पहिलो हार हो । 

गएराति नै भएको अर्को खेलका कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई हराएको थियो । 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०८:०३
प्रतिक्रिया दिनुहोस्