नेभिगेशन
समाचार

चितवन पुगेर गृहमन्त्रीले भने– अडियो प्रकरणबारे छानबिन हुन्छ

काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हालै सार्वजनिक भएको अडियो प्रकरणबारे छानबिन गर्ने बताएका छन् ।

आज चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

सो अडियोमा श्रेष्ठले सभापति लामिछानेको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि उनलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

यसबारे गृहमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यहीअनुसार अघि बढ्ने हो ।’

उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरूले नै पहिले प्रष्ट पार्नुपर्ने बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार