Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद्‌बाटै चित्रबहादुरले भने- न्यूनतम साझा कार्यक्रममा राष्ट्रिय जनमोर्चाको समर्थन छैन

सोमबार, चैत २७, २०७९

काठमाडौं - राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले न्यूनतम साझा कार्यक्रममा आफ्नो दलको समर्थन नरहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै केसीले भनेका छन्, ‘यो साझा कार्यक्रममा हाम्रो दल राष्ट्रिय जनमोर्चाको समर्थन छैन ।’

उनले कार्यक्रम सार्वजनिक हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुराकानी गरेको र आफ्नो कुरा त्यहीँ राखेको उल्लेख गर्दै केसीले भनेका छन्, ‘कार्यक्रममा राखिएका सङ्घीयतालगायतका कुराहरू राख्नुहुँदैन भनेको थिएँ । तर, पछि त्यो पनि राखियो र जनमोर्चाको पनि समर्थन छ भनेर ल्याइयो । यहाँ विरोध छ ।’

यसअघि न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएलगत्तै केसीले आफ्नो विरोध रहेका बताएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्