नेभिगेशन
विश्व

रुसद्वारा ६९९ किलो कोकिन बरामद

मस्को– रुसको संघीय सुरक्षा सेवा (एफएसबी)ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ ।  सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (इयू)लाई बेच्ने योजना  बनाइएको बुझिएको छ । 

दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २।५ बिलियन रूबल ९३१ मिलियन अमेरिकी डलर० भन्दा बढी मूल्यको  सो लागुऔषधि  रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ । संदिग्धहरूले कोकिनको केही परिमाण इयूका देशमा तस्करी गर्ने र बाँकी परिमाण रूसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ।

रुसी कानुनअनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन