बेंग्लोरमाथि रोमाञ्चक जित निकाल्दै लखनाऊ शीर्ष स्थानमा उक्लियो
काठमाडौँ - लखनऊ सुपर जायन्ट्सले जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
गएराति एम चेन्नास्वामीमा भएको खेलमा लखनाऊले घरेलु टोली बेंग्लोरमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
चौथो खेलमा तेस्रो जित निकालेको लखनऊ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बेंग्लोरले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले २० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।
लखनऊको जितमा माकुर्सल स्टोइन्सले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ६५ रन बजाए ।
यस्तै, निकोलस पुरनले उत्कृष्ट पारी खेले । उनले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको विष्फोटक अर्धशतकीय पारी खेले । मात्रै १५ बलमा अर्धशतक पूरा गरेका उनी खेलको प्लेयर अफ दी म्याचसमेत बने ।
यसैगरी आयुष बदोनीले ३०, कप्तान केएल राहुलले १८, जयदेव उनदकतले र दीपक हुडाले समान ९, रवि विष्नाईले अविजित ३ तथा मार्क उडले १ रन जोडेपछि लखनाऊले खेल जित्यो ।
बेंगलोरका लागि मोहम्मद सिराज र वाइने पार्नेलले समान ३-३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला गरेको बेंग्लोरले २० ओभरमा २ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।
बेंग्लोरका लागि कप्तान फाफ डू प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त भएन । डू प्लेसिसले सर्वाधिक ७९, कोहलीले ६१ र म्याक्सवेलले ५९ रन बनाएका थिए ।
लखनाऊका लागि मार्क उड र अमित मिश्राले समान १ विकेट लिए ।
जारी प्रतियोगितामा ४ खेल खेलेर ३ जित निकालेको लखनाऊ ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो
स्थानको राजस्थान रोयल्ससँग लखनाऊ २ अंकले अगाडि छ ।
यस्तै, बेंग्लोर भने ३ मा १ मात्र जित निकालेको छ । उसको २ अंक छ ।