Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार र मिटरब्याज पीडितबीच आज तेस्रो दिन पनि वार्ता

मंगलबार, चैत २८, २०७९

काठमाडौँ– सरकार र मिटरब्याज पीडितबीच आज तेस्रो दिन पनि वार्ता हुने भएको छ ।  

सोमबार भएको वार्ता सकारात्मक भए निष्कर्षमा पुगेको थिए । यसर्थ, आज पुनः तेस्रो दिन लगातार वार्ता हुन लागेको वार्ता टोलीको भनाइ छ ।

गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नवीनले सोमबार बताए थिए ।

वार्तामा सरकारी वार्ता टोली र आफूरूले आ–आफ्ना धारणा राखेको भन्दै उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको जानकारी दिए । 

यसअघि पीडितहरूसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको उनको भनाइ छ ।

वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको नवीनको भनाइ छ । 

सरकार र मिटरब्याज पीडितबीच आइतबार पहिलाे वार्ता भएको थियो । त्यसयता दिनहुँ वार्ता चलिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार