नेभिगेशन
खेलकुद

बार्सिलोना कमजोर प्रतिद्वन्द्वी गिरोनासँग घरेलु मैदानमै बराबरीमा रोकियो

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोना तुलनात्मक कमजोर प्रतिद्वन्द्वी गिरोनासँग बराबरीमा रोकिएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना गिरोनासँग गोलरहित बराबरी रोकिएको हो ।

क्याम्प नोऊमा रोबर्ट लेवान्डोस्कीले सुरुमै गोल गर्ने अवसर गुमाएपछि बार्सिलोनाले गोलको खाता खोल्न सकेन ।

बराबरीपछि पनि बार्सिलोना लिगको शीर्ष स्थानमा धेरै अगाडि छ । यद्यपि, यस बराबरीले दोस्रो स्थानको रियल म्याड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर भने गुमेको छ । अहिले बार्सिलोना १२ अंकले अघि छ । 

२८ खेलबाट बार्सिलोनाको ७२ अंक छ भने समान खेलबाट साविक विजेता रियलको ५८ अंक छ । गिरोनाको भने ११ औँ स्थानमा छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद