Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ वर्षमा जम्बो इलेक्ट्रिकल स्कुटरमा छुट तथा उपहार

मंगलबार, चैत २८, २०७९

काठमाडौं–नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रा. लि. ले नयाँ वर्ष अफरमा नगद छुटसहित अनौठो उपहार योजना ल्याएको छ । नेपाली अटोमोबाइल क्षेत्रमै सम्भवतः पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात दुई ओटा हेलमेट उपहार योजना सहित स्किम ल्याएको हो ।

samridhi jewllers

नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आर्कषित गरेता पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र एम डि के ए ब्राण्डका इलेक्ट्रिक स्कुटरका आयातकर्ता जम्बो इको भेहिकलले नगद छुट २५००० रुपैयाँसहित अनौठो योजना ल्याएको हो ।

भक्तपुरको लोकन्थली मल्टिब्राण्ड शो रुममा कंम्पनीले लेबिनीङ्ग, एम्डिकेए, ब्राभो, अरोमा, टेल्जी र स्लोङ्ग ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा इ–साइकल बिक्री वितरण गर्दै आएको छ । 

सेल्स, सर्भिस तथा स्पेयर्स सबैको एकै स्थानमा उचित व्यवस्था भएकाले ग्राहकले बिक्री पश्चात् सर्भिसमा समेत पर्याप्त सुविधा पाउने कम्पनीले जनाएको छ ।

हाल जम्बो इको भेहिकलले ३००० बाटसम्मको मोटर भएका, ७२ भोल्ट सम्मका इलेक्ट्रिकल स्कुटर तथा ई.साइकलहरु बिक्री वितरण गदै आएको छ जसका मुल्य ७०,००० रुपैयाँबाट सुरु हुने गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्