Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमालयन बैंकद्वारा अपांगमैत्री एटीएम सञ्चालनमा

मंगलबार, चैत २८, २०७९

काठमाडौं –हिमालयन बैंकले काभ्रे जिल्लाको साँगास्थित स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रमा पहिलो अपाङ्गमैत्री एटिएम सञ्चालनमा ल्याएको छ ।

सबैको लागि बैंक, सबैका लागि बैंकिङ सुविधा भन्ने उद्देश्यले बैंकले अपाङ्गमैत्री एटीएम सञ्चालनमा ल्याएको जनाएको छ ।

स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रको उद्घाटन २१ औं वार्षिक उत्सवमा बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र स्पाइनल इन्जरी पुनस्र्थापना केन्द्रका अध्यक्ष डा. शान्ता दीक्षितद्वारा संयुक्त रूपमा गरिएको थियो ।  

हाल बैंकले देशभरि रहेका १८९ शाखाहरू, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरूबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्