Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसियन पेन्ट्सको नयाँ उत्पादन सार्वजनिक

मंगलबार, चैत २८, २०७९

काठमाडौं –एसियन पेन्ट्सले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरू सिलिकन शिल्ड र हाइड्रोलक सार्वजनिक गरेको छ । कम्पनीले सिलिकन शिल्ड र हाइड्रोलक भित्ताहरूमा ओस र नुनियाँको समस्याहरूलाई रोकथाम गर्ने कम्पनीले बताएको छ ।

सिलिकन शिल्डको एक जलप्रतिरोधक तत्व भएको र यसमा उत्कृष्ट पेनिट्रेटिभ फर्मुलेसन रहेकाले ईटा, ढुङ्गा र क्लेटायलहरूको लागि अनुकूल भएका कारण घरको बाहिरी भित्ताहरूलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राख्ने कम्पनीको दाबी छ ।  

यस्तै हाइड्रोलक प्लाष्टर गरिएका भित्ताहरूलाई ओस र नुनियाबाट सुरक्षित राख्न प्लाष्टरमाथि लगाउन उपयुक्त हुने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ११:३९
प्रतिक्रिया दिनुहोस्