थोरै बढ्यो सुनको मूल्य
काठमाडौँ– मंगलबार सुनको मूल्य ५ सय रुपैयाँ बढेको छ । सोमबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
सात सय रुपैयाँ घट्दा सोमबार घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीमा ५ रुपैयाँको बढोत्तरी छ।
मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँ भएको छ। १० रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ थियो ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्