दराजबाट सामान किन्दा ग्लोबल आईएमई बैंकका ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आईएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कूल खरिदको आठदेखि १० प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले आठ प्रतिशत वा ७५० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा एक हजार रुपैयाँसम्म छुट पाउनेछन् ।
छुट पाउनका लागि प्रयोगकर्ताहरुले दराज एपबाट ग्लोबल आईएमई बैंकको छुट भौचर लिनुपर्नेछ । एकजनाले एक चोटी मात्र छुट पाउनेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २८ देखि २०८० वैशाख १ गतेसम्म मान्य रहनेछ ।
यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु हो । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्ष रुपमा लाभ दिइरहेको छ ।
ग्लोबल आईएमई बैंक ३६४ शाखा कार्यालय, ३६३ एटीएम, ३२१ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।