Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘फोन पे’ गर्दा स्कुटर र सुन उपहार

मंगलबार, चैत २८, २०७९

काठमाडौं–नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक फोन पेले नयाँ वर्षको उपलक्ष्यमा ‘फोन पे गर्ने हो, क्यूआरमा उपहार जित्ने हो’ योजना ल्याएको छ ।

चैत २९ देखि आगामी वैशाख ५ गतेसम्म लागु हुने योजनामा नेपालभरका फोन पे प्रयोगकर्ता सहभागी भई एक तोला सुन र स्कुटर प्राप्त गर्न सक्नेछन् ।

यो अफरको योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोन पेको क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् । यस्तै, भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत एक तोला सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यो अफर सार्वजनिक गर्दै भनेका छन्, ‘फोन पेको नेपालमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्यूआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप ‘फोन पे गर्ने हो’ अभियान ल्याइएको हो ।’ 

यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गरेको उनको भनाइ छ । ‘नगद छोडौँ, फोनपे गरौँ’ ट्यागलाइनको साथ फोन पेले नगदको झञ्झटलाई हटाउन डिजिटल भुक्तानी प्रणाली सुरु गरेको बताएको छ ।

फोन पेमा हाल ११ लाख भन्दा धेरै व्यवसायी (क्यूआर मर्चेन्ट) आबद्ध रहेका छन् । फोन पे नेटवर्कमार्फत हाल दैनिक करिब पाँच अर्ब बराबरको कारोबार हुँदै आएको कम्पनीले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:१६
प्रतिक्रिया दिनुहोस्