Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनका राजदूतद्वारा कपिलवस्तुको भ्रमण

मंगलबार, चैत २८, २०७९

कपिलवस्तु–नेपालका लागि चीनका राजदुत झेन सोङले कपिलवस्तुको तिलौराकोटको अवलोकन भ्रमण गरेका छन् । लुम्बिनी हँुदै कपिलवस्तु आएका उनले वुद्धस्थल तिलौराकोट भ्रमण गरेका हुन् ।

samridhi jewllers

राजदूत सोङलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षृु मैत्तेयले वुद्धस्थलको ऐतिहासिक पृष्ठभूमि, महत्व, ऐतिहासिक प्रमाण लगायतका विषयमा जानकारी गराएका थिए ।  

तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्ग हुँदै उनले तिलौराकोटमा संपन्न उत्खनन र अन्वेशषको स्थलगत निरीक्षण गरेका थिए । उनले तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पूर्वीद्वार, सम्पन्न भएको उत्खनन क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । 

तिलौराकोट वुद्धका पिता राजा सुद्वोधनको राजप्रसाद हो ।  

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार