Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईएमई पेमार्फत् गोल्डस्टारको जुत्ता किन्दा १५ प्रतिशत छुट

मंगलबार, चैत २८, २०७९

काठमाडौं–आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लमिटेडको आईएमई पेले ‘गोल्डस्टार सुज’सँग नयाँ वर्ष २०८० को अवसरमा अफर सार्वजनिक गरेको छ ।

यो अफर २७ चैतदेखि सुरु भएको छ भने आउँदो वैशाख ५ गतेसम्म जम्मा ९ दिन कायम रहने कम्पनीले जनाएको छ । अफरअन्तर्गत गोल्डस्टार जुत्ताको आधिकारिक शोरुमहरूबाट कुनै पनि जुत्ता खरिदमा आईएमई पेमार्फत् क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

नेपालको एक प्रमुख विद्युतीय भुक्तानी सेवा प्रदायक आईएमई पे र नेपाली जुत्ता उद्योगको लोकप्रिय उत्पादन – गोल्डस्टार शुजले सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनका लागि सम्झौता गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्