Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा संविधान रक्षाको प्रस्ताव पारित

मंगलबार, चैत २८, २०७९

काठमाडौं –पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षागर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने प्रतिबद्धतासहित उक्त प्रस्ताव सोमबार पारित गरेको हो । 

पारित प्रस्तावअनुसार राष्ट्रियसभाले संविधानको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न तथा पाकिस्तानका जनताको अधिकार हितको रक्षाका लागि राज्यका सबै अङ्गलाई आवश्यक कदम चाल्न आग्रह गरेको गरिएको छ ।

प्रधानमन्त्री शहबाज शरिफले प्रस्तुत गरेको प्रस्तावमा सङ्घीयताको सिद्धान्तलाई संविधानको एक आधारभूत सिद्धान्तका रूपमा कायम राख्नुपर्नेमा जोड दिइएको थियो । साथै उहाँले पाकिस्तानलाई आर्थिक रुपमा विकसित र आत्मनिर्भर मुलुक बनाएर जनतालाई सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘संविधान पाकिस्तानको संरक्षक एवम् मार्गदर्शक सिद्धान्त पनि हो । हामी यसको रक्षाका खातिर आफ्नो जीवन बलिदान गर्न तत्पर छौँ’, पाकिस्तानी प्रधानमन्त्रीले भन्नुभएको छ ।  संविधानलाई सबै राज्य संस्थाको जननी भन्दै प्रधानमन्त्री शरिफले देशको संविधानले नै राष्ट्रलाई एकताको सूत्रमा आबद्ध गर्ने र त्यसप्रति सबै नागरिकको अटुट आस्था रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्