Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपेन्द्र यादव भन्छन् बारा-२ मा मेरो प्रतिस्पर्धी नै देख्या छैन

मंगलबार, चैत २८, २०७९

बारा- बैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारामा आफ्नाे प्रतिस्पर्धी काेही नभएकाे दाबी गरेका छन् ।

घरदैलो कार्यक्रममा भाेट माग्दै हिडेका यादवले पत्रकारहरुसँग कुराकानी गर्दै यस्ताे बताएका हुन ।

उनले‍ यति उति मत भन्दा पनि जनताले जिताउने भनेका छन् भन्दै भ्ने ,‘यति मत, त्यति मत भन्दा जनताले नै अत्यधिक मत दिएर जिताउने भनेका छन्, हेरौँ, के हुन्छ ।’

उनले जनताले आफूलाई नै अत्यधिक मत दिएर जिताउने दाबी गरे । बारामा देखिएको समस्या समाधान गर्ने गरी आफू अगाडि बढ्ने उनको भनाइ छ ।

किसानलाई मल, खादको व्यवस्था गर्नुको साथै ग्रामीण भेगसम्म सडक पुर्‍याउने, शिक्षा र स्वास्थ्यलाई सुधार गर्ने एजेण्डाका साथ आफू जनतासमक्ष गएको बताउँदै उनले सडक, शिक्षा, स्वास्थ्य, कृषिमा सुधार भयो भने यहाँको जनताको जीवनस्तरमा सुधार हुने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्