Nic Ad Nic Ad
Nic Ad Nic Ad

देश युवा बेच्‍ने कारखाना बन्यो : लिङ्देन

‘मेरो देश युवा बेच्ने कारखाना बनेको छ । नेपाल बेरोजगार उत्पादन गर्ने देश पनि हो ।’
मंगलबार, चैत २८, २०७९

कास्की - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश युवा बेच्ने कारखाना बनेको टिप्पणी गरेका छन् ।

पोखरामा मंगलबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले देशको आम्दानीले चालुगत खर्चसमेत नधानेको र युवालाई विदेश पठाएर देश चलाउनु पर्ने अवस्था रहेको बताए ।

‘छोरा बेचेर देश चलाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘मेरो देश युवा बेच्ने कारखाना बनेको छ । नेपाल बेरोजगार उत्पादन गर्ने देश पनि हो ।’

सरकारले अर्थतन्त्र सुधार गर्नतर्फ ध्यान नदिएको आरोप लगाउँदै उनले सरकार नियन्त्रित संस्थामा ब्याजदर घटाएर सुरुआत गर्नुपर्ने बताए । ‘कित्ताकाट रोकिएको छ,’ उनले भने, ‘सरकारले कित्ताकाटमात्रै फुकाउने हो भने केही मात्रामा राजस्व वृद्धि हुने थियो ।’ उनले जग्गाको वर्गीकरण नै वैज्ञानिक नभएको पनि बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्