Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डसहित माओवादीका मन्त्रीले अब नेता कार्यकर्ता पार्टी कार्यालयमा मात्रै भेट्ने

मंगलबार, चैत २८, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी केन्द्रका मन्त्रीहरूले अबदेखि नेता र कार्यकर्ता पार्टी कार्यालयबाट मात्रै भेट्ने भएका छन् । 

प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो २ बजेदेखि ४ बजेसम्मको समय व्यवस्था गरिएको हो ।

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार माओवादीले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको परामर्शमा यस्तो नीति ल्याएको हो । मंगलबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्रीले भेट्ने समय कार्यतालिका निर्धारण गरेर निर्णय गरिएको उनले बताए ।

प्रधानमन्त्री निवाससहित प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि नेता र कार्यकर्ता भेट्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट मात्रै व्यवस्था गरिएको हाे ।

बिहान १० बजेदेखि २ बजेसम्म मन्त्रालयको काम कारबाहीमा समय दिने, दिउँसो २ बजेदेखि ४ बजेसम्म पार्टी नेता कार्यकर्तालाई भेट्न समय दिनुपर्ने र त्यसपछिको समय निमन्त्रणा गरिएका संघ संस्थाका व्यक्तिलाई भेट्ने कार्यतालिका बनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्