Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोरखाको बालुवा केन्द्रविन्दु गयो भूकम्प

बुधबार, चैत २९, २०७९

काठमाडौँ– गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । 

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । 
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार