Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुम्बईको पहिलो जित, दिल्ली जितविहीन

बुधबार, चैत २९, २०७९

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । 

मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।

अरुण जेट्ली रंगशालामा भएको खेलमा दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ६५ रनको अर्धशतकीय पारी खेले । 

यस्तै तिलक बर्माले ४१, इशान किशनले ३१, क्यामेरुन ग्रिनले अविजित १७ तथा टिम डेभिडले अविजित १३ रन बनाए ।  

दिल्लीका लागि मुकेश कुमारले सर्वाधिक २ विकेट लिए ।

 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९.४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो । 

दिल्लीका लागि ओपनर तथा कप्तान डेविड वार्नरले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

मुम्बईका लागि पियुष चावला र जेशन बेरेनडर्फले समान ३÷३ विकेट लिए । रिली मिरिडेथ २ तथा ऋतिक शोकिनले १ विकेट लिए ।

जारी प्रतियोगितामा ३ खेल खेल्दा मुम्बईको यो पहिलो जित हो ।  

यता, दिल्ली भने ४ खेल्दा जितविहीन छ । 

मुम्बई २ अंकका साथ १० टोली सहभागी लिगको आठौं स्थानमा रहेको छ । 

चार खेलमा अंकविहीनन रहेको दिल्ली पुछारमा छ । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्