Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

बुधबार, चैत २९, २०७९

काठमाडौं–नेपाल टेलिकमले स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु ल्याएको छ । चैत २९ गतेदेखि ३ महिनाको लागि यो अफर उपलब्ध हुनेछ ।

यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यस अनुसार डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक ६ हजार रुपैयाँमा उपलब्ध गराइने छ । साथै, कम्पनीले १ वर्षे प्याकेज तथा आइपिटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबिपिएस बनाइएको छ । 

त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइने छ । 

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ । सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा त्जचयततष्लन Throtting Speed मा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपत पश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *1442# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ । 

स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्