Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिवशक्तिका अग्रवाल ठूला करदाताको रुपमा सम्मानित

बुधबार, चैत २९, २०७९

काठमाडौं–शिवशक्ति घिउ उद्योग प्रालिका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदाताका रूपमा सम्मानित भएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाका अवसरमा उनले निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएका हुन् ।

महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा शिवशक्ति घिउ उद्योग प्रालिलाई निर्याततर्फको सबैभन्दा ठूलो करदाताको रूपमा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई सम्मान हस्तान्तरण गरे ।

शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ । अग्रवाल बुधबार भइरहेको महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेदवार पनि हुन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्