सानिमा बैंक र दराजबीच ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य
काठमाडौं–सानिमा बैंक लिमिटेड र दराजबीच ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य भएको छ । यो योजना चैत्र २८ गतेदेखि बैशाख ७ गतेसम्म लागू हुनेछ ।
सहकार्य बंमोजिम दराजको ‘अनलाइन पेल्टफर्म’बाट सानिमा बैंक डोमेस्टिक डेबिट–क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गरी सामान खरिद गर्दा निम्न बंमोजिमको छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
ग्राहकहरुले उक्त छुट पाउन दराज एपबाट भौचर संकलन गर्नुपर्ने हुन्छ । सीमित भौचर भएकोले पहिलोलाई प्राथमिकता प्रक्रिया अनुसार छुट प्रदान गरिनेछ ।
सानिमा बंैकको देशका सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।