Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले संसद विघटनको दाउमा छ : अध्यक्ष नेपाल

बुधबार, चैत २९, २०७९

सुनसरी–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।  

बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी मध्यावधी चुनावमा जाने दाउमा रहेको आरोप लगाउएका हुन् ।  अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए । संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उनको भनाइ छ । एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरुसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए ।

उनले भने, ‘एमाले भित्र अब अहिले प्रतिनिधि सभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधीको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौं । त्यो बाटोमा त हामी जान सक्दैनौं । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।’

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्ने बारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताए । पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रक्रियामा रहेको यनले भने ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्