नेभिगेशन
अर्थ विविध

सुनको मूल्य हजार रुपैयाँ बढ्यो

काठमाडौं–स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रुपैयाँमा करोबार भएको छ ।

यस्तैचाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्