Nic Ad Nic Ad
Nic Ad Nic Ad

अटोमोवाइल क्षेत्रका समस्याका विषयमा अर्थमन्त्रीसँग छलफल

बुधबार, चैत २९, २०७९

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएनका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंँग भेटघाट गरेकोछ । भेटमा अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल भएको छ ।

छलफलका क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको वस्तुमा वर्गीकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भइरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो वर्गीकरणबाट हटाउन आग्रह गरे ।

अध्यक्ष थापाले अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन पनि आग्रह गरे ।

अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिए ।

छलफलको क्रममा मन्त्री महतले अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसँग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ त्यसबारे आउँदो बजेटमा समावेशगरी पठाई दिन आग्रह गर्दै त्यसको समुचित समाधानका लागि प्रयास गरिने आश्वासन दिए ।

मन्त्री महतले अब अटोमोवाइल व्यवसायीहरुले विद्युतीय सवारी साधनहरूको उत्पादन र बिक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गरेको सन्दर्भमा अध्यक्ष थापाले विद्युय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गरे ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्