सर्भरमा समस्या आएपछि एकान्तकुनाको यातायात व्यवस्था कार्यालय सेवा बन्द
काठमाडौं–ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको सेवा अवरुद्ध भएको छ ।
कार्यालयको सवारीचालक अनुमतिपत्रबाहेकका सेवा बन्द भएको हो ।
कार्यालयको सर्भरमा समस्या आए पछि सेवा अवरुद्ध भएको हो । कार्यालयले सन् २०२२ को जुन–जुलाईमा ‘ट्रायल पास’ सवारीचालक अनुमतिपत्र वितरण गरिरहेको छ ।
विभागले सूचना जारी गर्दै केन्द्रीय सर्भर (जीआईडीसी)मा आएको समस्याका कारण स्मार्ट कार्ड वितरणबाहेक सेवाहरू स्थगन गरिएको बताएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १३:१०
प्रतिक्रिया दिनुहोस्