Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्यो, ४ जनाको मृत्यु

बुधबार, चैत २९, २०७९

भटिन्डा– भारतको पञ्जाबस्थित सैनिक शिविरमा गोली चल्दा चार जनाको मृत्यु छ ।

आज बिहान भटिन्डा सैनिक शिविरमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको भारतीय सेनाले जनाएको हो ।

सेनाको दक्षिण पश्चिम कमाण्डले जारी गरेको विज्ञप्तिअनुसार आज बिहान ४ः३५ बजे भटिण्डा सैनिक शिविरमा गोली हानाहान भएको थियो । 

घटनामा चार जनाको मृत्यु भएको जानकारी प्राप्त भएको तथा परिस्थितिलाई नियन्त्रणमा लिन तत्काल प्रतिकार्य टोली सक्रिय गरिएको थियो  । 

घटनास्थल र वरपरको क्षेत्रलाई घेराबन्दी  गरी घटनामा संलग्नको खोजी भइरहेको छ । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ । 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्