Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ वर्षमा दराजबाट सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुट

बुधबार, चैत २९, २०७९

काठमाडौ–अनलाइनबाट किनमेल गर्न सकिने ई–कमर्स कम्पनी दराज नेपालले नयाँ वर्ष २०८० को उपलक्ष्यमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । ‘किनौँ सबै दराजमा’ भन्ने नाराका साथ दराजले भारी छुट र निःशुल्क उपहार जस्ता अफर ल्याएको छ ।

निःशुल्क मेगा गिभ–अवे अफरमा दराजले एक लाख नौ हजार ९९९ मूल्य बराबरको रियलमी जीटी२ प्रो, मेगा डिल अफरमा ७० प्रतिशतसम्म छुट, मेगा भौचरमा पाँच हजार रुपैयाँसम्म छुट र प्रिपेमेन्टमा बैंक कार्डमा लागु हुने एक हजारसम्मको छुट दिने भएको छ ।

यस्तै नबिल बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया, सानिमा बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंकको कार्ड भएका ग्राहकहरुले प्रि–पेमेन्टमा २० प्रतिशत (एक हजार रुपैयाँसम्म)को छुट पाउन सक्ने दराजले जनाएको छ ।

आईएमई पेमार्फत प्रिपेमेन्टमा १० प्रतिशत अधिकतम २०० रुपैयाँसम्म र ई–सेवाबाट प्रिपेमेन्टमा १० प्रतिशत अधिकतम १०० रुपैयाँसम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

दराजले अप्रिल २० सम्म जारी रहने नयाँ वर्षको अफरअन्तर्गत ७० प्रतिशतसम्म छुट पाउन सकिने जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १७:१४
प्रतिक्रिया दिनुहोस्