नेपाल प्रहरीका १३ एसएसपी डीआईजीमा बढुवा [नामसहित]
काठमाडौं – नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।
डीआईजी बढुवाका लागि कुवेर कडायत पहिलो नम्बरमा सिफारिस हुँदा केदार ढकाल दोस्रो र विष्णुकुमार केसी तेस्रो नम्बरमा सिफारिस भएका छन् ।
यस्तै भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी बढुवाका लागि सिफारिस भएका छन् ।
यस्तै यज्ञविनोद पोखरेल र विकासराज खनाल पनि बढुवाका लागि सिफारिस गरिएको छ ।
२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र सोही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएका हुन् ।
२०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र त्यही विज्ञापनका वैकल्पिकहरु डीआईजी सिफारिस भएका हुन् ।
२०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजी बन्दा पछिल्लो ब्याचबाट ३ ज
ना सिफारिस भएका छन् ।
यसपछि २०७७ पुसमा ११ एसपी एसएसपीमा बढुवा भएका थिए ।
उनीहरुमध्येबाट अर्जुन चन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली, २०७८ कात्तिक मंसिरमा एसएसपीमा बढुवा भएका विकासराज खनाल डीआईजीमा सिफारिस भएका हुन् ।